शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

बिहीबार, ०३ भदौ २०७८, १० : १५
बिहीबार, ०३ भदौ २०७८

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।

संक्रमित भएपछि उनी नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए । 
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हालेका थिए । उनी पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटस्थित इलेक्ट्रोनिक शवदाह गृहमा अन्त्येष्टि गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप