सहिद रामबृक्षको २७ औ स्मृतिको अवसरमा रामबृक्ष मञ्चको शिलान्यास
शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा धनुषामा विविध कार्यक्रम गरि मनाएको छ ।
बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेकाले पालिका स्तरमै सहिद रामबृक्ष यादवको स्मृति दिवस मनाएको हो ।
सो अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित रामबृक्ष यादवको गृहनगरमा पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्ष मञ्चको शिलान्यास गरेका छन् ।
त्यस्तै रक्तदान कार्यक्रम समेत भएको माओवादी केन्द्र गणेशमान चारनाथ नगरका संयोजक महेशलाल यादवले जानकारी दिए । रक्तदान कार्यक्रममा ३ दर्जन व्यक्तिले रक्तदन गरेका थिए ।
नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्षको प्रतिमामा माल्यार्पण गरि उनको स्मरण गरेका थिए । सो कार्यक्रममा धनुषा माओवादी केन्द्रका सचिव दिपक यादव, प्रदेश सदस्यत्रय झल्कु यादव, श्याम यादव, रोशन यादव, सम्पर्क मंच का अध्यक्ष सुनिता यादव, वाइसीएल धनुषाका संयोक सरोज यादव लगायतको उपस्थित थियो।
सो अवसरमा गणेशमान चारनाथ नपा वडा नम्बर १० को जसपाका नेता श्रवण यादव र काँग्रेसका नेता रामपुकार यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
-
धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान
-
एकीकृत समाजवादीका सबै नेताको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठसहित)
-
जाडोमा यसरी गरौँ छालाको स्याहार
-
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैङ्क
-
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा