माधवले ‘एमाले’ र महन्थले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगको सङ्केत
बुधबार एकैदिन निर्वाचन आयोगमा दुईवटा दल दर्ताका लागि निवेदन दायर भए । माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गरिपाऊँ भन्ने निवेदन दायर भयो । महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन पर्यो ।
कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) नै ठहर हुनेछ । तर, निर्वाचन आयोग स्रोतले भने माधव नेपालले प्रस्ताव गरेको नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको रातोपाटीलाई बतायो । त्यसैगरी महन्थ ठाकुरको पार्टी नाम पनि जसपा (लोकतान्त्रिक) सदर नहुने सम्भावना रहेको आयोग स्रोतले बतायो ।
‘दलको नामका सम्बन्धमा गत फागुन २३ को सर्वोच्च अदालतको फैसलाले निर्वाचन आयोगलाई सचेत बनाइसकेको छ,’ आयोगका एक अधिकारी भन्छन्, ‘त्यसैले एमालेका पछाडि फुर्को जोड्दैमा वा जसपाकै नाममा फुर्को जोडेर त्यसले वैधानिकता नपाउन सक्छ ।’
अबको प्रक्रिया के हुन्छ ?
माधव नेपाल र महन्थ ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि बुधबार आयोगमा बुझाएको निवेदन नै अन्तिम होइन । आयोगले यसमा उचित–अनुचित निर्णय गर्न बाँकी छ । आयोगले सदर गरेपछि मात्रै औपचारिक रूपमा नयाँ दल दर्ता भएको मानिने छ । यसका लागि आयोगले ३५ दिनसम्म समय लिन पाउँछ ।
माधव नेपाल र महन्थ ठाकुरले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार आयोगमा दल दर्ताको निवेदन दिएका हुन् । तर, अहिलेसम्म राजनीतिक दलसम्बन्धी अध्यादेश आए पनि नियमावली संशोधन हुनै बाँकी छ । नियमावली संशोधन नभई दल दर्ताको प्रक्रिया नै अगाडि बढ्दैन ।
सम्भवतः बिहीबारै बैठक बसेर निर्वाचन आयोगले अध्यादेश बमोजिम हुने गरी राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गर्ने स्रोतले रातोपाटीलाई बतायो ।
आयोगले नियमावली संशोधन गरेपछि त्यसको मस्यौदा कानून मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । र, कानून मन्त्रालयले त्यसलाई राजपत्रमा प्रकाशित गर्न पठाउँछ । यो प्रक्रिया पूरा गर्न केही दिन लाग्छ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गर्न केही जटिलताहरु छन् । जस्तो– दल दर्ता सम्बन्धमा ४० प्रतिशतलाई २० प्रतिशत बनाएर मात्रै पुग्दैन, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको दल–बदलसम्बन्धी प्रावधान पनि अध्यादेशले सच्याएको हुनाले त्यसलाई पनि नियमावलीमा समेट्नुपर्ने दायित्व निर्वाचन आयोगलाई थपिएको छ ।
राजपत्रमा नियमावली प्रकाशित भइसकेपछि आयोगले सोही नियमावलीका आधारमा माधव कुमार नेपाल र महन्थ ठाकुरलाई पुनः दल दर्ताको प्रक्रियासम्मत आवेदन दिन आग्रह गर्न सक्छ । त्यसरी आग्रह गरेको ३५ दिनभित्र आयोगले यो प्रक्रिया टुंगो लगाएर उनीहरुलाई नयाँ दल दर्ताको मान्यता दिन सक्छ ।
तर, यसरी नयाँ पार्टी दर्ता गर्दा साविकको पार्टीकै नामका पछाडि फुर्को जोडेर एमाले (समाजवादी) वा जसपा (लोकतान्त्रिक) राख्न दिइने सम्भावना न्यून रहेको र अरुभन्दा प्रष्ट भिन्नता छुट्टिने नामले मात्र मान्यता पाउन सक्ने आयोगका एक अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


