शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बैतडीका पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

बुधबार, ०२ भदौ २०७८, २१ : ३५
बुधबार, ०२ भदौ २०७८

बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।

यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बाल विकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मक रूपले लिएको र सङ्घीय सरकारले सशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । 

विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए । अहिले नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नगर बाहिर रहेका र उनी आउनेबित्तिकै सङ्घर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको एक÷दुई दिनभित्रै कार्यपालिकाको बैठक बोलाएर माग सम्बोधन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ । 

सङ्घीय सरकारले बजेट भाषणका बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब रु १५ हजार हुनुपर्ने र त्यसमा रु सात हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरुले तालाबन्दी गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप