आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गनीलाई यूएईले दियो शरण

बुधबार, ०२ भदौ २०७८, २१ : २९
बुधबार, ०२ भदौ २०७८

काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ ।

गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए । अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६.९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए । उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप