आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

बुधबार, ०२ भदौ २०७८, २१ : १७
बुधबार, ०२ भदौ २०७८

नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गौतमले हस्ताक्षर गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई  प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालय बीचको समझदारी आफैँमा सकारात्मक शुरुआत भएको बताए । उनले यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोधरअनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप