सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ

बुधबार, ०२ भदौ २०७८, २० : ५२
बुधबार, ०२ भदौ २०७८

काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध  ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।

उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ । आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको एसपी बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप