आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपाल निकट सांसद भन्छन्– मुख्यमन्त्री फेरबदलमा हाम्रो संलग्नता छैन

बुधबार, ०२ भदौ २०७८, २० : ४८
बुधबार, ०२ भदौ २०७८

बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल प्रक्रियामा आफुहरुको संलग्नता नरहेको माधवकुमार नेपाल निकट सांसदले बताएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका नेता राजेन्द्र पाण्डेले के आधारमा मुख्यमन्त्री परिवर्तन गर्न लागियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

पाण्डेले यसअघि पार्टीका तर्फबाट प्रदेश स्तरमा बनाइएको कार्यदलकै एजेण्डा अनुसार आफूहरु अघि बढेको भन्दै अहिले मुख्यमन्त्रीको डोरमणि पौडेलको राजीनामा र नयाँ मुख्यमन्त्री चयनबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए ।

‘अष्टलक्ष्मीजीलाई के आधारमा मुख्यमन्त्री बनाउने निर्णय भयो भन्नेबारे हामीलाई थाहा छैन’ उनले रातोपाटीसँग भने, ‘यो निर्णयको स्वामित्व हामीले लिने अवस्था छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप