सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पोखराबाट गाँजासहित दुई युवक पक्राउ

बुधबार, ०२ भदौ २०७८, २० : २१
बुधबार, ०२ भदौ २०७८

पोखराबाट अवैध लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ । लागूऔषध गाँजासहित प्रहरीले पोखरा –३० पावरहाउस का १८ वर्षीय दुई किशोरलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

बा.५ख.६०८८ नम्बरको गाडीमा सवार उनीहरुलाई वडा प्रहरी कार्यालय गगनगौंडाले खानतलासी गर्दा उनीहरुको साथबाट २ केजी १ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप