शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेलको अध्यक्षमा मन्त्रिपरिषदको अन्तिम बैठक सम्पन्न, आजै राजीनामा दिने

बुधबार, ०२ भदौ २०७८, २० : ०९
बुधबार, ०२ भदौ २०७८

बागमती प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद बैठकमा आफूले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा मन्त्रिपरिषदको यो नै अन्तिम बैठक रहेको जानकारी गराउँदै उनले बैठक लगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर राजीनामा दिने जानकारी बैठकमा गराएको स्रोतले बतायो ।

नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले पनि मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने र सम्भवतः आजै एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुने रातोपाटीलाई बताए ।

यसअघि एमाले संसदीय दलको बैठकमा शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । संसदीय दलको नेता परिवर्तन गरिएकोबारे बुधबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको प्रमुख सचेतक निरौलाले बताए । 
एमाले विभाजन भएसँगै बागमती प्रदेशमा माधवकुमार नेपाल पक्षका नेताहरुलाई एमालेभित्रै राख्नका लागि सरकारको नेतृत्व परिवर्तन गर्दै थामथुम पार्न खोजेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप