आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोशी राजमार्ग अवरुद्ध

बुधबार, ०२ भदौ २०७८, १९ : ५३
बुधबार, ०२ भदौ २०७८

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार बिहानसम्म सडक खुलाउने प्रयास भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले बताए । पहिरो हटाउँदा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइडमा ढुङ्गा खस्ने भएका कारण आयोजनाको काम रोक्न लगाएर पहिरो हटाउन थालिएको प्रजिअ पौडेलले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेको मकालु–३ का वडाध्यक्ष टेकबहादुर राईले बताए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप