शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

होटल अन्नपूर्ण व्यवस्थापन विरुद्ध खनिए कर्मचारी, कडा संघर्ष गर्ने चेतावनी

बुधबार, ०२ भदौ २०७८, १८ : ४९
बुधबार, ०२ भदौ २०७८

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापन विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । 

कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले व्यवस्थापन विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका छन् । 

उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापन विरुद्ध चर्का नाराबाजी लगाएका छन । होटल व्यवस्थापनले होटल एसोसिएशन अफ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए ।

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलव समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रदर्शनमा उत्रनु पर्ने अवस्था आएको कर्मचारीको भनाई छ । उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दवाव दिएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप