शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एटीएमबाटै रकम जम्मा गर्न सकिने गरी नबिलले जारी गर्यो ‘नबिल क्यास मेसिन’, क्रेडिट कार्ड भुक्तानी पनि गर्न मिल्ने

बुधबार, ०२ भदौ २०७८, १८ : ४२
बुधबार, ०२ भदौ २०७८

काठमाडौं । नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस ‘नबिल क्यास मेसिन’ ले ग्राहकहरुलाई एटीएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । 

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीन धारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप