शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

बुधबार, ०२ भदौ २०७८, १८ : ३६
बुधबार, ०२ भदौ २०७८

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगञ्जकी किशोरी प्रियंका भुजेलको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै बुधबार स्थानीयवासीहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । 

१६ वर्षीया प्रियंका भुजेल मंगलवार राति मृत फेला परेकी थिइन् । गत साउन ३१ रातीदेखि घरबाटै बेपत्ता उनी मृत फेला परेकी थिइन् । उनको शव घरदेखि करिब ३ किलोमिटर पर कालिञ्जोर खोलामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । छोरी हराएको भन्दै खोजतलासका लागि बुवा राजनले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन समेत दिएका थिए ।

सर्लाही प्रहरीले खोजी गर्ने क्रममा प्रियंकाको हत्या भएको आशंकामा शंकास्पद दुई जना यूवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले किशोरीको मृत्युबारे अनुसन्धान जारी रहेको जनाएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप