शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताको सन्देश दिन दलको नेताबाट राजीनामा दिएको हुँ : मुख्यमन्त्री पौडेल

बुधबार, ०२ भदौ २०७८, १८ : २८
बुधबार, ०२ भदौ २०७८

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पार्टी एकताको लागि सन्देश दिनका लागि आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् ।

उनले पद र प्रतिष्ठा भन्दापनि पार्टी एकता जोगाउनु प्रमुख कुरा भएकाले आफूले राजीनामा दिएको प्रतिक्रिया दिए ।

उनले बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिने घोषणा गरेका थिए ।

‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ । यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।

साढे ३ वर्ष सरकारको नेतृत्व गरेका मुख्यमन्त्री पौडेलले आगामी १७ महिनापनि बागमती प्रदेशमा नेकपा एमालेको सरकार टिकाउने उद्देश्यका साथ आफूले राजीनामा दिएको बताए ।

उनले आफ्नो राजीनामाले पार्टी एकीकरणको लागि केन्द्रीय नेतृत्वलाई दवावसहितको सन्देश हुने बताए ।

आफूले सरकारको नेतृत्व नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई सुम्पिने पनि पौडेलले बताए ।

सरकारले प्रतिकूलता र अभावका बीच पनि आफ्नो कार्यकालमा विकास निर्माणको काम पर्याप्त भएकाले सरकारले असन्तोष मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

सरकारले काम गर्ने क्रममा कति सफल र असफल भन्ने कुरा आमनागरिकले हेर्ने कुरा भएकाले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशले कुनैपनि कमिकमजोरी नगरेको उनको दावी छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप