राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत हुने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस –पेमेन्ट प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । आज एक कार्यक्रमका बीच अनलाइन भुक्तानी सेवाको थालनी गरिएको हो । यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै आफ्नो बैंक÷वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
उक्त भुक्तानीको लागि ग्राहकले कनेक्ट आईपीएसमा लगइन गरी आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको फाइनान्सियल इन्स्टिच्यूसन भित्र इन्स्योरेन्स पेमेन्टमा “राष्ट्रिय बीमा संस्थान” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरिबीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमितको जन्म मिति दाखिला गरी आफ्नो ट्रान्जेक्सन पासवर्ड (ओटीपी) प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।
राष्ट्रिय बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोन्नती गरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यममार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौता पछी कार्य अघि बढाएको हो ।
हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अनलाइन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरू बैंक खाताहरूबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का