सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गोर्खालीको सम्मानमा सबैले सकारात्मक भूमिका खेलौँ : मन्त्री शर्मा

बुधबार, ०२ भदौ २०७८, १८ : २०
बुधबार, ०२ भदौ २०७८

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गोर्खालीहरुको वीरगाथाको सम्मान कायम राख्नका लागि सरकार र नागरिक सवैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् । 
बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको इतिहासलाई लिपिबद्ध गरी विश्व बजारमा बिक्रीगर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवापुग्ने बताए । 
मन्त्री शर्माले सवै नेपाली जुटेर सकारात्मक काम गरेको अवस्थामा नेपालको शान विश्व भर कायम रहने बताए । उनले नेपालीहरुले विश्वमा युद्ध कुशलताले निपूर्ण र बहादुरीको नाम कमाएको बताउँदै प्रदेश सरकारको सदैव गोर्खा सैनिक प्रति सम्मानमा रहने बताए। 

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाले यस योजनालाई गौरवको योजनाको रुपमा लिएको बताउदै प्रदेश र संघीय सरकारले समेत सहयोग गर्नु पर्ने बताए ।  उनले स्मारकसँगै यसको भौतिक निर्माणका लागि लगानीमैत्री वाताबरण निर्माण गर्नका लागि आग्रह समेत गरेका छन् ।

प्रजातन्त्रका सेनानी तारापती सुवेदीले गोरखाली सेनाले विश्वसामु देखाएको बहादुरी र कार्यकुशलताले नेपालको गरिमा बढेको दावी  गरे । उनले अहिले पनि विश्वले नेपालीलाई राम्रो काम गर्ने  इमानदार सेनाको रुपमा हेरिने गरेको बताउदै उनै बहादुर गोरखाली सेनाको इतिहाँस भल्कने स्मारक निर्माणले नेपालीको इज्जत र प्रतिष्ठा बढ्ने दावी गरे । 

सन् १८१४ को नेपाल–अंग्रेज युद्धदेखि विश्वका विभिन्न देशका युद्धहरूमा मारिएका ६० हजार भन्दा बढी वीर गोर्खाबाट परिचित वीरगति प्राप्त नेपाली युवाहरुको सम्झना स्वरुप स्मृति पार्क निर्माण गरिएको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष जंगबहादुर गुरुङले बताए । 
ट्रष्टका महासचिव डा.चन्द्र बहादुर गुरुङले गोर्खाली सैनिकमाथि भएको विभेदका विरुद्धमा विदेशमा समेत लडाई भईरहेको अवस्थामा आफ्ना नागरिकको सम्मान र स्मृतिका लागि सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप