शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘नयाँ आधारमा कम्युनिस्टहरुको एकता सम्भव’

बुधबार, ०२ भदौ २०७८, १७ : ५९
बुधबार, ०२ भदौ २०७८

 नयाँ आधारमा कम्युनिस्टहरुबीच एकता सम्भव भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेहरुबीच एकता सम्भव भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले विचार र दृष्टिकोणमा देखा परेका भिन्नताले कम्युनिस्ट पार्टी विभाजन भएको बताए । उनले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग भन्दै व्यवहारमा माक्र्सवादकै भ्रष्टीकरण गर्ने प्रवृतिका कारण समस्या देखा परेको बताए ।

नेता पोखरेलले व्यक्तित्वको टकराबका कारण कम्युनिस्ट विभाजन भएको बताए । सांगठानिक व्यवस्थापन हुन नसक्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा समस्या पैदा भएको पोखरेलले बताए । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदवादी र क्रान्तिकारीहरुबीच प्रवृति ध्रुविकरण बताए । उनले संसदवादी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने र क्रान्तिकारी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देलले नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरु नै कम्युनिस्ट विचारबाट टाढा पुगेको भन्दै क्रान्तिकारीहरुबीच ध्रुविकरण सक्ने बताए । आफ्नो पार्टीले मालेमावाद र जनवाद–वैज्ञानिक समाजवाद मान्नेहरुबीच ध्रुविकरण चाहेको उनले बताए ।

संसदीय व्यवस्थाको अभ्यास गर्ने कम्युनिस्ट असफल भइसकेको बताउँदै नेता सिंग्देलले क्रान्तिकारीहरुबीचमा विचार र राजनीतिमा केही भिन्नता देखा परेकै कारण एकता हुन नसकेको बताए ।
नेकपा एमालेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालमा एउटा संसदवादलाई मान्ने र अर्को नमान्ने कम्युनिस्ट धार रहेका कारण जनताले चाहेअनुसार ध्रुविकरण हुन नसकेको बताए ।

आफूहरुले जनताको जनवादमा टेकेर समाजवाद पुग्ने लक्ष्य बोकेका कम्युनिस्टहरुबीच एकता चाहेको बताउँदै रायमाझीले त्यसको लागि विचार र राजनीतिक रुपमै छलफल हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र  

 जन समाजवादी मंचका संयोजक कृष्णप्रसाद धमालले पनि कम्युनिस्टहरुबीच ध्रुविकरण हुन आवश्यक रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप