मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा
बुधबार, ०२ भदौ २०७८, १७ : ५५

बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्–कुन् स्थानमा काटिंदैछ बिजुली ?
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो