सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कुटपिटबाट मृत्यु भएको भन्दै माइतीपक्षबाट किटानी जाहेरी दर्ता

बुधबार, ०२ भदौ २०७८, १७ : ५४
बुधबार, ०२ भदौ २०७८

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको भन्दै जाहेरी दर्ता भएको छ । गत साउन ३२ गते राती लडेर मृत्यु भएको भनिएकी खिजीदेम्बा गाउँपालिका ९ की ५८ बर्षिय कमुनी शर्पाको कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो ।

 बुधबार मृतकको माइतीपक्षबाट भदाले परिवारका सदस्यले नै कुटपिट गरी हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

गत साउन ३२ गते शेर्पाको लडेर मुत्यु भएको जानकारी आएसँगै खिजीदेम्बाबाट खटेको प्रहरी  टोली घटनास्थलमा  पुग्दा घटना शंकास्पद पाइएको थियो । त्यसपछि शव पोष्टपार्टमका लागी जिल्ला आस्पतालमा रुम्जाटारमा पठाएर घटनाको बिषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो । स्थानीयका अनुसार पनि मृतक शेर्पाको अनुहारका बिभिन्न स्थानमा संकास्पद चोट देखिएको थियो ।

घटना शंकास्पद रहेको भन्दै माईतिपक्षबाट आएको जाहेरीलाई आधार मानेर प्रहरीले मृतकका छोरालाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप