गण्डकीमा ४५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३४ जनामा गरिएको नमूना परीक्षणमा ४५६ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २२३ महिला र २३३ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र कम लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १४४ बागलुङ ११८, स्याङ्जा ४०, म्याग्दी २३, पर्वत १६,गोरखा ३६, लमजुङ १ तनहुँमा २६ र नवलपुरमा ५२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७७ हजार ३४३ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ की ६३ बर्षिय महिला, पोखरा–१४ की ९३ वर्षीय महिला, लमजुङ मस्र्याङदी–१ का ८३ वर्षीय पुरुष र नवलपरासी पूर्व, मध्येविन्दु–४ की ५६ बर्षिय महिलाको मृत्यु भएको छ ।
त्यसैगरी स्याङजाको विरुवा–२ की ७७ बर्षिय महिला,विरुवा–३ का ८४ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका–३ का ८० वर्षीय पुरुष, पर्वत मोदी– ५ का ७४ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी–७ का ५२ वर्षीय पुरुष र ब्यास–७ का ७० बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१६ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७० हजार २३३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५७३ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९४ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो