बल्ल पार्टी एकताको आधार तयार भयो : रामकुमारी झाँक्री
![बल्ल पार्टी एकताको आधार तयार भयो : रामकुमारी झाँक्री](https://rpcdn.ratopati.com/media/albums/ramkumariii_1_cpNge7EVIF.jpg)
नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकताको ढोका बन्द नभएको बताइन् ।
झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ । निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकताबद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाजवादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’
उनले पार्टीमा शृङ्खलाबद्ध ढंगले कारवाही गरेर बस्नै सक्ने अवस्था नभएपछि बाध्यात्मक रुपमा नयाँ पार्टी निर्माणको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एकताको संभावना नटरेको दावी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला