शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कैद र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्ति पक्राउ

बुधबार, ०२ भदौ २०७८, १७ : ३३
बुधबार, ०२ भदौ २०७८

अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । 

प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवाना हुने फैसला सुनाएको थियो । उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी पीडितलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । 
त्यसपछि फरार रहेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप