मर्स्याङ्दीमा आएको बाढीले पुल बगायो
मङ्गलबार राति परेको वर्षाले मर्स्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो ।
व्यास नगरपालिकास्थित छाब्दी दोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । “उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,” तिमिल्सिनाले भने ।
गत असार १७ गते आएको बाढीले छाब्दी खोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मर्स्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन
-
बाँकेमा लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
-
फाल्गुनन्द गोल्डकपको तयारी पूरा
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह