एमाले विभाजनको असर बागमतीमा, अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको अफर !

नेकपा एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नेगरी छलफल अघि बढाएको छ । पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको हो ।
त्यसका लागि वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री नेतृ अष्टलक्ष्मी शाक्यलाई बनाउने गरी छलफल भएको नेताहरुले बताएका छन् ।
यद्यपि मुख्यमन्त्री बन्ने अफरबारे शाक्यको आधिकारिक धारणा बाहिर आइसकेको छैन । शाक्यलाई एमालेको माधव कुमार नेपाल पक्षकी हुन् भने उनले यो प्रस्ताव स्वीकार नगरे योजना असफल हुने ठाउँ छ । रातोपाटीले शाक्यलाई सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आइनन् ।
तर, मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले राजीनामा दिनेबारे जानकारी एमाले सांसद रचना खड्काले बताइन् । पौडेलले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत चयन गर्ने र शाक्यकै नेतृत्वमा सरकार गठन हुने बताएको उनको भनाइ छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’