एमाले विभाजनको असर बागमतीमा, अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको अफर !
नेकपा एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नेगरी छलफल अघि बढाएको छ । पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको हो ।
त्यसका लागि वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री नेतृ अष्टलक्ष्मी शाक्यलाई बनाउने गरी छलफल भएको नेताहरुले बताएका छन् ।
यद्यपि मुख्यमन्त्री बन्ने अफरबारे शाक्यको आधिकारिक धारणा बाहिर आइसकेको छैन । शाक्यलाई एमालेको माधव कुमार नेपाल पक्षकी हुन् भने उनले यो प्रस्ताव स्वीकार नगरे योजना असफल हुने ठाउँ छ । रातोपाटीले शाक्यलाई सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आइनन् ।
तर, मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले राजीनामा दिनेबारे जानकारी एमाले सांसद रचना खड्काले बताइन् । पौडेलले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत चयन गर्ने र शाक्यकै नेतृत्वमा सरकार गठन हुने बताएको उनको भनाइ छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण