शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट एकैदिन ४२ जनाको मृत्यु

बुधबार, ०२ भदौ २०७८, १७ : ३५
बुधबार, ०२ भदौ २०७८

पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा  ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप