उपेन्द्रको भन्दा ठूलो पार्टी बनाउने ठाकुर पक्षको घोषणा

अध्यादेशको बलमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रिया सुरु गरेको महन्थ ठाकुर पक्षले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने घोषणा गरेको छ ।
निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महन्थ ठाकुर पक्षीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफ्नो पार्टी उपेन्द्र यादवको जसपा भन्दा शक्तिशाली भएको दावी गरे । आगामी दिनमा पार्टी थप सशक्त बनाइने पनि उनले बताए ।
तत्कालीन राजपा र समाजवादी पार्टी एकता हतारमा गर्दा खल्तीका मान्छे धेरै समेटिएको भएपनि अहिले आफूहरुको पार्टीमा क्षमतावान नेताहरु रहेकाले जनताको विश्वास रहेको उनको भनाइ छ । ‘एउटा कुरा एक ध्यान दिनुपर्छ भने पार्टी बन्ने बेलामा रातारात घोषणा गरियो । धेरै गोजीका मान्छे समेटियो । कार्यकारिणीमा हेर्नुहुन्छ, वार्ड जित्ने क्षमता भएका कति जना हुनुहुन्छ ?’, उपेन्द्रको पार्टीका नेताहरु कमजोर रहेको दावी गर्दै उनले भने, ‘उपेन्द्रको पार्टीमा राम्रा मान्छे छैनन् ।’
महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) पार्टीमा २३ जना कार्यकारिणी समिति सदस्य प्रस्ताव गरिएको छ । पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ ।
मधेस आन्दोलनका राजबन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश