नेप्सेमा ऐतिहासिक रेकर्ड, परिसूचक ३२ सय नजिक पुग्यो
बुधबार, ०२ भदौ २०७८, १६ : ३०

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनयताको मौनता तोड्दै बुधबार नेप्से परिसूचकले ३८.२८ अंकको बृद्धि गर्दै अधिकतम ३१ सय ९८.६० विन्दु कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.८३ अंकले बढेर ५९८.११ बिन्दुमा पुगेको छ ।
त्यसो त एकै दिन ३८ अंक माथिले नेप्से परिसूचक बढेर ३२ सय बिन्दु नजिक पुगेको दिन कारोबार रकम समेत २१ अर्ब माथिको भएको छ । नेप्सेका अनुसार यस दिन कुल २२८ कम्पनीका ३ करोड ६५ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख माथिको कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन ट्रेडिङ (व्यापार) र म्युचुअल फण्ड बाहेकका सबै जसो समूह तथा उप समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत