आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारमा सम्मानजनक उपस्थिति जनाउने जसपाको निर्णय (निर्णयसहित)

बुधबार, ०२ भदौ २०७८, १७ : ३०
बुधबार, ०२ भदौ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सम्मानजनक सहभागिताको माग गरेको छ । सो पार्टीको बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको सरकारमा सम्मानजनक सहभागिताका साथ सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी जसपा नेपाल संघर्षको सहयात्री पार्टी भएकाले वर्तमान सरकारलाई समर्थन गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा देशको समृद्धि र समग्र विकास योगदान दिन विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने प्रतिवद्धता यो बैठक पुन व्यक्त गर्दछ ।’

बैठकले टिकापुर प्रकरणमा थुनामा रहेका नेता रेशम चौधरीको रिहाइको माग पनि गरेको छ । बैठकले थारुहट विद्रोहका क्रममा नेताहरूमाथि लगाएको झुठा मुद्दा खारेजीको माग समेत गरेको छ ।

जसपाले सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सो कार्यक्रम भदौ ९ गते विराटनगरबाट सुरु भएर १३ गते धनगढीमा समापन हुनेछ ।

दुई दिनसम्म चलेको बैठकले विभिन्न १२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

हेर्नुस् जसपाको निर्णयः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप