माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’
बुधबार, ०२ भदौ २०७८, १५ : ०७
नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।
उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’
यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण