आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, ०२ भदौ २०७८, १७ : २९
बुधबार, ०२ भदौ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ ।  मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो । 

यता प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने  बताए । 

 आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसी सम्बोधन गर्ने कार्यसूची रहेको थियो । एमालेले  सूर्य चिन्ह लिएर चुनाव लडेका अजयबहादुर शाही र  उपनिर्वाचनमा दाङबाट नेकपाबाट विजेता विमला वलीलाई कारवाही गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएको  थियो । पत्रअनुसार उनीहरुलाई पदमुक्त गनुपर्ने माग एमालेको रहेको  प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप