सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरेन्द्रनगरका ६४ सामुदायिक विद्यालयलाई ल्यापटप

बुधबार, ०२ भदौ २०७८, १४ : २६
बुधबार, ०२ भदौ २०७८

वीरेन्द्रनगर नगरपालिका भित्रका ६४ वटा सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । प्रति विद्यालयलाई एक–एक वटाको दरमा ६४ वटा ल्यापटप वितरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा नराम्रोसँग प्रभाव परेको छ । त्यसैले वैकल्पिक माध्यामबाट पठन–पाठनलाई निरन्तरता दिनका लागि ल्यापटप वितरण गरिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

ढकालले भनिन, ‘कोरोनाका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको छ । शिक्षा क्षेत्रलाई केही रुपमा माथि उकास्न सकिन्छ की भनेर हामी लागेका छौँ ।’  साथै यो कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप