शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ

बुधबार, ०२ भदौ २०७८, १३ : ४६
बुधबार, ०२ भदौ २०७८

सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।

ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप