रुरू जलविद्युतद्वारा आकर्षक नगद लाभांशसहित बोनस सेयर वितरणको घोषणा
बुधबार, ०२ भदौ २०७८, ११ : ५६
रुरू जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन: राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नू
-
पर्यटन व्यवसायी प्रेम घलेको निधन
-
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग
-
बागमती प्रदेश समन्वय परिषद्को बैठक : ‘डोजरे विकास बढी भयो’
-
कुलमान र महावीरप्रति एमाले नेता गुरुङको आपत्तिजनक टिप्पणी
-
सिन्धुलीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते