पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध
बुधबार, ०२ भदौ २०७८, १० : ३१
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङ्गलबारदेखि सो व्यवस्था गरेको हो ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाैँ ।” मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर