उपत्यकामा बढ्यो कोरोना जोखिम
बुधबार, ०२ भदौ २०७८, ०७ : ५३

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत