अस्थिर पद 'प्रदेश प्रमुख'
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।
गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक्त गरेको छ।
२०७६ कात्तिक १७ गते तत्कालिन प्रदेश प्रमुख रत्नेशवरलाल कायस्थलाई हटाएर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली सरकारले परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेको थियो। परियार माओवादी केन्द्रका नेता हुन्।
देश प्रादेशिक अभ्यासमा गएसँगै २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले कायस्थलाई प्रदेश २ को पहिलो प्रमुख नियुक्त गरेको थियो। कायस्थ जनता समाजवादी पार्टी निकट हुन्।
अघिल्ला दुई प्रदेश प्रमुख कायस्थ र परियारले प्रदेश सभाबाट पास हुने हरेकखाले विधेयक प्रमाणिकरण गरिदिएपनि प्रदेश प्रमुख झाले भने आफ्नो ६ महिने कार्यकालमा २ वटा विधेयक प्रमाणिकरण नगरी सुझावसहित फिर्ता पठाइदिए। स्वास्थ्य सेवा सम्बन्धी विधेयक र प्रदेश पदकसम्बन्धी बनेको विधेयक झाले फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सरकारसँग उनको दूरी बढेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु