प्रदेश नं १ मा ८६० जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक हजार ४०४ को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९ मध्ये विराटनगरमा ३४, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८४, मोरङमा १४५ मध्ये विराटनगरमा ५४, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा सात, तेह्रथुम र उदयपुरमा चार चार, पाँचथर, सङ्खुवासभा र खोटाङमा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा प्रदेशमा आजै ४१३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित आठ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का