अफगानिस्तानमा ट्वीस्ट : उपराष्ट्रपतिले भने, ‘म हुँ देशको कार्यवाहक राष्ट्रपति’
अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।
उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको बैध कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’
Clarity: As per d constitution of Afg, in absence, escape, resignation or death of the President the FVP becomes the caretaker President. I am currently inside my country & am the legitimate care taker President. Am reaching out to all leaders to secure their support & consensus.
— Amrullah Saleh (@AmrullahSaleh2) August 17, 2021
यसअघि सालेहले ट्वीटरमा अफगानिस्तान र तालिबानबारे एक ट्वीट गरेका थिए । ‘अफगानिस्तान मामिलामा अब राष्ट्रपति जो बाइडेनसँग बहस गर्न बेकार छ । उनलाई छाडी दिऔँ । हामी अफगानीले साबित गर्नुपर्छ कि अफगानिस्तान भियतनाम होइन र तालिबान भिएत कङ जस्तै होइन । अमेरिका र नेटोविपरित हामीले हौसला गुमाएका छैनौँ । हामी अगाडि अपार सम्भावना देखिरहेका छौँ । फाल्तु चेतावनी अब बन्द भएको छ । आउनुहोस् प्रतिरोधमा सामेल बनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते
-
लगानीकर्ता–ब्रोकर विवाद धितोपत्र बोर्डमा
-
ललितपुर महानगरको बजेट नगरसभाबाट पारित