आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि चीनद्वारा उडान स्थगित

मङ्गलबार, ०१ भदौ २०७८, २१ : २९
मङ्गलबार, ०१ भदौ २०७८

चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।  चिनियाँ नागरिक उड्ययन प्राधिकरण ९सीएएसी० का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ । अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले मंगलबार आफ्नो वेबसाइटमा उक्त सूचना जारी गरी उडान रद्द गरिएको जानकारी गराएको छ । 

सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन । सीएएसी नयाँ कानूनी प्रावधानमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म उडान निलम्बन रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप