आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

६ लाख पर्ने सुनका गहना र भन्सार छलीको मोटरसाइकलसहित ३ जना पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, २१ : १७
मङ्गलबार, ०१ भदौ २०७८

बर्दियाको गुलरियाबाट प्रहरीले ६ लाख ४८ हजार मुल्य पर्ने ८६ दशमलव ६४ ग्राम सुनका गहना र भन्सार छलीको स्कुटर बरामद गरेको छ ।

बिल नभएको सुनका गहना र भन्सार छलीको मोटरसाइकल सहित  ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने दिपेन्द्र सिंह ऐर, अशोक लोध र गुलरिया–८ घर भएका हरिलाल मल्लाह छन् ।

दिपेन्द्र र अशोक सवार लु.६२प ६२२६ नम्बरको स्कुटरमा सुनका गहना फेला परेको थियो । उनिहरुलाई स्कुटर सहित थप अनुसन्धान र कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मंगलबार गुलरिया नगरपालिका–६ स्थित भन्सार रोडमा हरिलाल मल्लाह १ लाख ४० हजार मुल्य पर्ने बजाज प्लाटिनम मोटरसाईकल सहित पक्राउ परेका थिए । भन्सार छलेर ल्याएको सो मोटरसाइकल सहित उनलाई राजापुर भन्सार कार्यालयमा बुझाइएको जिप्रका बर्दियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप