बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको शिक्षा महाशाखामा लगाइएको ताला खुल्यो

मङ्गलबार, ०१ भदौ २०७८, १९ : ५९
मङ्गलबार, ०१ भदौ २०७८

पोखरा महानगरको शिक्षा महाशाखामा लगाएको ताला खुलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मंगलबार दिउँसो ताला लगाएकामा वार्तापछि तालाबन्दी खुलेको हो ।

अनेरास्ववियुले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएको भन्दै शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको थियो । 

अनेरास्ववियुले आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरलाई कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति निजी विद्यालयको जिम्मा नलगाइ निष्पक्ष ढंगले छनोट गरी छात्रवृत्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएको थियो ।
ध्यानाकर्षणबारे कुनै पहल नभएपछि अनेरास्ववियुले तालाबन्दी गरेपछि भएको वार्तामा महानगरले कक्षा ८ र १० को ग्रेडशिटका आधारमा छात्रवृत्ति प्रदान गर्न सहमति जनाएसंगै ताला खोलिएको अनेरास्ववियु कास्कीका संयोजक विजय पौडेलले बताए । 

२ वर्षदेखि कोरोना संक्रमण बृद्धि भएको भन्दै महानगरले परीक्षा नलिई छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाएपछि बाध्य भएर आन्दोलनमा उत्रन परेको संयोजक पौडेल बताए । 

उनले शिक्षा महाशाखाले उत्तरदायित्व निर्वाह गराउनु पर्ने भूमिकालाई बेवास्ता गरेको आरोप लगाए । यसअघि पोखरा महानगरले आफैंले परीक्षा लिई कायम कोटाअनुसार विद्यार्थीलाई निजी विद्यालयमा छात्रवृत्ति दिँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप