शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १९ : ४१
मङ्गलबार, ०१ भदौ २०७८

नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–२ घर भई सितापाईला बस्ने २५ वर्षीय गोपाल तामाङ छन् ।

गोपाल तामाङले ‘चाटारमा किराना पसल चलाउने कल्पना गौतमलाई ‘म महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, तपाइको पैसा नतिर्नेलाई पक्राउ गरिदिन्छु’ भनेर ३० हजार मागेका थिए । 

गोपाल तामाङ समेत ४ जना युवा मिलेर ३० हजार पैसा लगेको सुराक पाएपछि उनलाई कालिमाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 
बझाङ घर भई नागार्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामीले कल्पनालाई दिएको ८ लाख ७ हजार ५ सयको चेक बाउन्स भएको छ । 

कल्पनाले थामी बिरुद्ध महानगरीय प्रहरी वृत कालिमाटीमा बैंकिङ्ग कसुरको जाहेरी दिएकी छिन् । तर, थामी हालसम्म पक्राउ परेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप