ओलीको न्याय : आफ्नालाई एम्नेष्टी, माधवलाई सास्ती !
नेकपा एमालेले माधव नेपाल समूहका १४ सांसदलाई कारवाही गर्नुको मुख्य आधार ह्वीप उल्ंघनलाई मानेको छ । जबकि साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा २२ सांसदले ह्वीप उल्लंघन गरेका थिए । तर, ओलीले कारवाही गर्दा एउटै प्रकरणमा फरक व्यवहार देखाएर मत्स्य न्यायको झल्को दिएका छन् ।
आफ्नो गुटका ८ सांसदले ह्वीप उल्लंघन गर्दा उनीहरुलाई छुट दिएर माधव नेपाल पक्षका १४ जनालाई मात्रै कारवाहीको डण्डा बर्साइएको छ ।
गत साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा प्रतिनिधि सभामा केपी ओली पक्षका ८ सांसदले ह्वीप उल्लंघन गरेका थिए । त्यसरी ह्वीप उल्लंघन गर्ने ओली पक्षका सांसदहरुमा प्रेम आले, किसान श्रेष्ठ, हिरा केसी, पार्वती विशंखे, गोपाल वम, धनबहादुर बुढा र समिमा हुसेन थिए ।
मंगलबार संसद सचिवालयमा बुझाएको एमालेको कारवाही पत्रमा ओली पक्षका यी सांसदलाई छुट दिएर माधव पक्षका १४ सांसदलाई मात्रै कारवाही गरिएको हो । यसरी कारवाही भोग्नेहरुमा प्रत्यक्ष निर्वाचिततर्फ माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी परेका छन् ।
त्यसैगरी समानुपातिकतर्फका ८ सांसद कल्याणीकुमारी खड्का, निरुदेवी जैरु, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव र कतिला खातुन माधव नेपाल पक्षमा गरेवापत कारवाहीको भागिदार बन्न पुगेका छन् ।
बीचमा बस्नलाई पनि आममाफी ?
पार्टीले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि त्यसलाई नमानी मतदानमा भाग नलिएका केही नेताहरुलाई पनि ओलीले आममाफी दिएका छन् ।
यसरी आममाफी पाउनेहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम रावल, यज्ञराज सुनुवार, योगेश भट्टराई, झपट रावल, नारायण खतिवडा र सोमप्रसाद पाण्डे लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
-
काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
-
‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’
-
आइतबारदेखि मौसम सुधार हुने