बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयन पहिलो प्रथामिकता : मुख्यमन्त्री केसी

मङ्गलबार, ०१ भदौ २०७८, १८ : २५
मङ्गलबार, ०१ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको पूर्ण कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । संघीयता कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुनेगरी काम गर्ने उनको प्रतिबद्धता छ । 

 बुटवल उद्योग वाणिज्य संघको नवनिर्मित उद्यमशीलता कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले संविधान र संघीयता कार्यान्वयन गरिछाड्ने दृढता जनाए । 

 मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै त्यसमा साथ सहयोग गर्न सबैलाई आग्रह  गरे । उनले नीजि क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने समेत आश्वासन दिए । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैमा महत्वपूर्ण भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप