ओलीले सहमतिको ढोका बन्द गरे, अब नयाँ ढंगले अघि बढ्छौँ : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अब क्रान्तिकारी रुपान्तरण गरेर अघि बढ्ने बताएका छन् । पार्टीका जनवर्गीय संगठनले मंगलबार जुम प्रविधिबाट गरेको छलफल कार्यक्रममा बोल्दै नेता नेपालले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले आफू एमालेमा एकता गर्न तयार भएपनि अध्यक्ष केपी ओलीले ढोका बन्द गरेको बताए ।
ओलीले वार्ता गर्न भन्दै वार्ता टोली बनाएर नाटक गरेको उनको आरोप थियो । पार्टीको केन्द्रीय समितिमा २ सय २ जना रहेकोमा आज पार्टीको संख्या २ सय ६० पु¥याएको र आफू लगायत १४ जनालाई निकालिएको खबर आएको बताए ।
उनले आज पार्टी एकताका लागि अन्तिम प्रयासका रुपमा घनश्याम भुसाललाई ओलीलाई भेट्न पठाएपनि ओलीले कारवाही गरेको कुरा आएको बताए ।
उनले भने–‘कमरेड घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गरौं भनेर आउनुभएको थियो । अहिलेसम्म ओलीले गरेका सबै निर्णय फिर्ता भयो भने पार्टी एकता गर्नुहुन्छ भन्दा मैले हुन्छ भनेर भुसाललाई पठाएको थिएँ । साढे २ बजे घनश्याम भुसाल ओलीलाई भेटन जानुभएको थियो । तर अहिले त कारवाही गरिसक्नुभएछ । उहाँले माधव नेपाल लगायतका लागि पार्टीको ढोका बन्द भएको बताइसक्नुभएको छ । उहाँ आफैले सहमतिको ढोका बन्द गर्नुभएको छ ।’
उनले ओलीले आफै ढोका बन्द गर्ने र पार्टी विभाजन गर्न लागेको दोष लगाएको उल्लेख गरे । अहिले तत्काल अरु कुनै पार्टीसँग एकता हुने अवस्था नरहेको बताउँदै पार्टी एकताको ढोका सधैं खुला हुने प्रष्ट पारे । साथै आगामी चुनावमा तालमेल गरेर वा छुट्टाछुट्टै जान सकिने पनि उल्लेख गरे ।
उनले अब पार्टीलाई क्रान्तिकारी संगठनमा रुपान्तरित गरिने र प्रत्येक स्थानीय तह, प्रदेशमा पार्टी संगठन बिस्तार अभियानमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट