शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘आतंककारी’ भन्दै फेसबुकले लगायो तालिबानमाथि प्रतिबन्ध

मङ्गलबार, ०१ भदौ २०७८, १७ : २९
मङ्गलबार, ०१ भदौ २०७८

फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा लागु हुनेछ । 

सीएनबीसीसँग मंगलबार कुराकानी गर्दै  फेसबुकले तालिवानलाई आफुले आतंककारी मान्ने गरेको प्रतिक्रिया दियो । यस समूहले आफ्ना सन्देशहरु आदनप्रदान गर्न वर्षौंदेखि फेसबुकको प्रयोग गरिरहेको छ । 

तालिवानसँग सम्बन्धित पोस्ट, फोटो, भिडियो र अन्य सामाग्रीको निगरानी गर्न र हटाउनका लागि आफुसँग प्रतिवद्ध टोली रहेको फेसबुकले जनाएको छ । यसै साता तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । सीएनबीसीसँगको कुराकानीमा फेसबुकका एक प्रवक्ताले भने,‘अमेरिकी कानूनले तालिवानलाई आतंकवादी संगठनका रुपमा प्रतिबन्ध लगाएको छ र खतरनाक संस्था नीतिअन्तर्गत हामीले यसलाई हाम्रो सेवाबाट प्रतिबन्ध लगाएका छौं ।’ 

ती प्रवक्ताका अनुसार तालिवानका तर्फबाट सञ्चालन गरिएका फेसबुक एकाउन्ट तथा तालिवानको प्रशंसा र समर्थन गरिएका एकाउन्ट हटाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप