जसपाको बैठकमा दुई प्रतिवेदन पेश

निर्वाचन आयोगबाट आधिकारिकता पाएको जनता समाजवादी पार्टी नेपाल (जसपा)को मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा दुई प्रतिवेदन पेश भएको छ ।
२ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा आज पहिलो दिन नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन् ।
बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सुदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । पार्टी नेता प्रमोद साहले केन्द्रिय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए ।
नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रिय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसदविरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै