सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानद्वारा आममाफीको घोषणा, महिलालाई सरकारमा सामेल हुन आग्रह

मङ्गलबार, ०१ भदौ २०७८, १६ : ४७
मङ्गलबार, ०१ भदौ २०७८

तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ ।

साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ ।’

यो घोषणा यस्तो समयमा आएको हो जब अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारीले अब तालिबानले आफूहरुसँग बदला लिने हो कि भन्ने डरमा थिए । 

तालिबान बर्बर सजाय दिनका लागि परिचित छ र उनीहरुमाथि युद्ध अपराध गरेको आरोप छ जसलाई उनीहरु लगातार खण्डन गर्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप