शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

थारुवान मुक्ति मोर्चाको माइतीघरमा धर्ना

मङ्गलबार, ०१ भदौ २०७८, १६ : ३५
मङ्गलबार, ०१ भदौ २०७८

 थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन सुरु गरेको छ । कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दा समेत घटनामा मुछिएका थारुहरुले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन सुरु गरेको हो ।

मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको माग राख्दै धर्ना सुरु गरेको हो ।

२०७२ भदौं ७ गते भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरुमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घट्नापछि कतिपय थारुहरु प्रवास जीवन विताउन बाध्य भएको मोर्चाले जनाएको छ । मंगलबार धर्ना कार्यक्रममा बोल्दै थारु आन्दोलनका अगुवा भानुराम थारुले पार्टीका शीर्ष नेता तथा प्रधानमन्त्रीहरुले रेशम चौधरी निर्दोष भएको बताएपनि उनको रिहाइ नगरेको भन्दै गुनासो गरे ।

त्यसक्रममा थारुले जसपा नेपालका नेताहरुले समेत रेशम चौधरीको नाममा राजनीति गरिरहेको भन्दै थारुहरुले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने बताए । मोर्चाले रेशम चौधरीलगायतका बन्दीको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप